राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्। राष्ट्रपति पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन्।
‘राष्ट्रपतिज्यूले नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएको छ। केहीबेरमा विज्ञप्ति आउँछ,’ राष्ट्रपति पौडेलका एक सल्लाहकारले ऐना खबरसँग भने।
राष्ट्रपति कार्यालयमा रोकिएको नागरिकता विधेयकबारे राष्ट्रपति पौडेलले यसअघि कानून व्यवसायीहरूसँग छलफलसमेत गरेका थिए।
प्रतिक्रिया