काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबारबाट सुरु हुने भारत भ्रमणमा हवाई रुट अनुमति, विद्युत् व्यापार र सीमा समस्या समाधान लगायतका दर्जन बढी एजेन्डामा छलफल हुने जानकारी दिएका छन् ।
भ्रमणको तयारीबारे सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकलाई जानकारी गराउँदै प्रधानमन्त्री दाहालले व्यापार, पारवहन, लगानी प्रवर्द्धन, उर्जा क्षेत्रमा व्यापार तथा अन्तरदेशीय विद्युत् प्रशारण लाइन लगाएतका विषयमा छलफल हुने उनले जानकारी दिए ।
भारत भ्रमणका क्रममा सिंचाई बाढी तथा डुबान नियन्त्रण, कृषि, हवाई प्रवेश मार्ग, सम्पर्क सञ्जाल निर्माण, पक्की पुल निर्माण तथा एकीकृत जाँचचौकी, आन्तरिक कन्टेनर डिपो पूर्वाधार निर्माण लगायतको विषयमा छलफल हुने उनले जानकारी दिए ।
‘हवाई मार्गको सहजता र सुदूरपश्चिम प्रदेशका जिल्लाहरुलाई भारतसँग जोड्ने मोटरेबल पुल र झोलुङ्गे पुलका निर्माणको सन्दर्भमा समेत यो भ्रमणमा छलफल हुनेछ,ु उनले भने ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरवाद हाउसमा द्वीपक्षीय वार्ता हुने जानकारी गराउँदै दाहालले जलविद्यु्तमा सहकार्यको विषय भ्रमणको प्रमुख एजेण्डा हुने जानकारी दिएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीसँग द्वीपक्षीय वार्ताको अतिरिक्त राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप घनखडसँग शिष्टाचार भेटवार्ता हुने प्रधानमन्त्री दाहालले संसद्लाई जानकारी गराएका छन् ।
प्रतिक्रिया