Logo

मुख्य समाचार

बजेटले समस्याको समाधान नदिने एमाले अध्यक्ष ओलीको दाबी



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटले मुलुकको आर्थिक समस्याको समाधान दिन नसक्ने बताएका छन् ।

संसद भवनमा प्रतिक्रिया दिंदै अध्यक्ष ओलीले बजेटले आर्थिक संकट दर्शाए पनि समाधान नदिएको बताएका हुन् । उनले भने, ‘बजेटले संकट दर्शाउँछ तर संकटको समाधान केही पनि दिंदैन ।’

अध्यक्ष ओलीले सरकारले ल्याएको बजेटको बारेमा विस्तृत रूपमा पछि धारणा सार्वजनिक गर्ने पनि बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ९ : ३७ बजे