Logo

अर्थ

५०० रुपैयाँले घट्यो सुनको मूल्य


१२ जेष्ठ २०८०, शुक्रबार  

805
Shares

काठमाडौ । नेपाली बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार ५०० रुपैयाँले घट्दै १ लाख ८ हजार ३०० रुपैयाँमा झरेको हो ।

यस्तै तेजाबी सुनको मूल्य समेत शुक्रबार तोलामा ५०० रुपैयाँले नै घट्दै १ लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य तोलामा ५ रुपैयाँले घट्दै १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ११ : २५ बजे