Logo

खेलकुद

काठमाडौंमा जारी काभा महिला भलिबल च्यालेन्ज कपको आज सेमिफाइनल


१२ जेष्ठ २०८०, शुक्रबार  

23
Shares

काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनमा आज घरेलु टोली नेपालले काजकिस्तानसँग खेल्दै छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा भारतसँग ३–१ को सेटमा पराजित हुँदै नेपाल समूह उपविजेताको रूपमा अन्तिम चारमा पुगेको हो । कजाकस्तान समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

समूह चरणमा शत प्रतिशत नतिजा निकालेको कजाकस्तानसँग नेपालले पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा साँझ ५ बजे सुरु हुनेछ ।

आजै हुने पहिलो सेमिफाइनलमा समूह एको विजेता भारतले भने समूह बीको उपविजेता उज्वेकिस्तानसँग खेल्नेछ । खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ११ : १२ बजे