काठमाडौं । नेपाल धितोपत्र बोर्डले ७ वटा सेयर ब्रोकरलाई लाइसेन्स दिएको छ ।
सोमबार बसेको बोर्ड सञ्चालक समितिले पूर्वाधार तयार गरेर लाइसेन्स स्वीकृति माग गरेका ७ कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो ।
लाइसेन्सको लागि आवेदन दिएका ८ मध्ये ७ कम्पनीले लाइसेन्स पाएको बताइएको छ । धितोपत्र बोर्डमा नयाँ ब्रोकर लाइसेन्सका लागि ४५ कम्पनीको आवेदन परेकोमा बोर्ड ४३ वटा कम्पनीले आशयपत्र (एलओआई) पाएका थिए ।
प्रतिक्रिया