काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभासद आङटावा शेर्पाविरुद्ध नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनाले किटानी जाहेरी दिएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै रकम असुलेर ठगी गरेको भन्दै शेर्पाविरुद्ध दोलखाका ५ जनाले किटानी जाहेरी दिएका हुन् ।
शेर्पाविरुद्ध दोलखा, रामेछाप र ओखलढुंगाका व्यक्तिहरुलाई अमेरिका पठाइदिने भन्दै रकम लिएको आरोप छ । पक्राउ पुर्जी जारी भएपछि आङटावाले गत १ जेठमा प्रहरी कार्यालय पुगेर पुगेर आत्मसमर्पण गरेका थिए । अहिले उनी हिरासतमै छन् ।
प्रतिक्रिया