काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले जाहेरीकर्ताको उमेर स्पष्ट नभएको भन्दै थप प्रमाण ल्याउन आदेश दिएको छ ।
न्यायाधीश फणीन्द्रप्रसाद पराजुलीको एकल इजलासले जाहेरीकर्ताको उमेर सम्बन्धमा आएको पत्र अस्पष्ट रहेको भन्दै फेरि अर्को पत्र ल्याउन आदेश दिएको हो।
त्यस्तै जाहेरीकर्ताको जन्म भएको अस्पतालबाट प्राप्त कागज पनि राम्ररी नबुझिएकाले स्थानीय तह र अस्पताल दुवै ठाउँबाट फेरि अर्को पत्र ल्याउन आदेश भएको हो ।
गत वर्षको भदौ २१ मा लामिछानेविरुद्ध जबरजस्ती करणीको अभियोगमा जाहेरी दर्ता भएको थियो । त्यसको एक महिनापछि पक्राउ परेर पुर्पक्षका लागि जेल चलान भएका लामिछानेलाई उच्च अदालत पाटनले २० लाख धरौटीसहित रिहा गर्न आदेश दिएको थियो ।
प्रतिक्रिया