Logo

मुख्य समाचार

‘कोही व्यक्तिका निम्ति सिंगो पार्टीपंक्तिलाई बदनाम गर्न मिल्दैन’



काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले कोही व्यक्तिका निम्ति सिंगो पार्टीपंक्तिलाई बदनाम गर्न नहुने बताएका छन् ।

नेता पौडेलले पार्टी विधिको शासन र सुशासनको पक्षमा खरो ढंगले उत्रनुपर्ने औंल्याए । अहिले मुलुकमा राज्यसंयन्त्रप्रति नै अविश्वास बढेको पनि पौडेलले बताए ।

नीति र कार्यक्रमलाई कार्यान्वयन पक्षसँग जोड्नुपर्नेमा उनको जोड छ । पौडेलले भने, ‘हाम्रो नीति तथा कार्यक्रम पनि परम्परागत छ, विपक्षीको विरोध पनि परम्परागत छ । नीति र कार्यक्रम त कहिले नराम्रो थियो र ? माइकबाट सुन्दा कर्णप्रिय नै लाग्छ । कार्यान्वयन फितलो भएपछि जति राम्रो ल्याए पनि अर्थ छैन । विपक्षीले पनि जहिल्यै प्रोपगान्डा हो, कर्मकाण्डी छ भन्ने । लेखिएका ५० प्रतिशत कार्यान्वयन भए पनि ठूलो कुरा हुन्छ ।’

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  १० : ११ बजे