Logo

मनोरञ्जन

भ्वाइस किड्स सिजन–२ को उपाधि स्पन्दन सुब्बाले जिते



काठमाडौं । भ्वाइस किड्स सिजन–२ को उपाधि स्पन्दन सुब्बाले जितेका छन् । शुक्रबार राती भएको फाइनलमा टीम प्रमोद खरेलको समूहका सुब्बाले उपाधि जितेका हुन् ।

फाइनलमा सुब्बासहितका आठजनाले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । उपाधि जितेका उनले १५ लाख रुपैयाँ नगद प्राप्त गरे । यस संस्करणमा प्रमोद खरेल, सुशान्त केसी, मिलन नेवार र प्रविशा अधिकारी कोचको रुपमा थिए ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ११ : १७ बजे