Logo

मुख्य समाचार

नागरिक उन्मुक्ती पार्टीद्वारा आन्दोलनका कार्यक्रम फिर्ता



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले जेठ ६ गतेदेखि १० गतेसम्म गर्ने भनेको नेपाल बन्द लगाएतका विरोधका कार्यक्रम फिर्ता लिएको छ ।

पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले विज्ञप्ति प्रकाशित गरी प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने र फौजदारी विधेयक संसद्मा टेबल भइसकेको जानकारी दिएको भन्‍दै पार्टीले जेठ ६ गतेदेखि गर्न लागेको सबै बन्दका कार्यक्रम फिर्ता लिएको उल्लेख गरेका छन् ।

विज्ञप्तीमा अर्को सूचना नआउँदासम्मका लागि भोलिदेखि हुने भनिएको आन्दोलन स्थगित गरिएको जनाइएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ९ : ०८ बजे