काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि निजगढ विमानस्थलको निर्माणको काम अघि बढाउने भएको छ ।
सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आन्तरिकसँगै अन्तर्राष्ट्रिय विमानस्थलहरुको स्तरोन्नतीसँगै विकासमा प्राथमिकता दिने नीतिअनुसार निजगढ विमानस्थल बनाउन शुरु गर्ने जानकारी दिएका हुन् ।
यसअघि वन फडानी तथा रुख कटाउनका विवादकाबीच सर्वोच्चले सो विमानस्थल निर्माण कार्य रोक्न आदेश दिएको थियो ।
प्रतिक्रिया