Logo

मुख्य समाचार

मुकेश कायस्थलाई शहीद घोषणा गर्ने सरकारको निर्णय



काठमाडौँ । सरकारले दोस्रो जनआन्दोलनमा घाइते भइ केहि दिनअघि निधन भएका मुकेश कायस्थलाई सहिद घोषणा गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कायस्थलाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । जनआन्दोलनमा घाइते भएका मुकेशको वैशाख २७ गते मृत्यु भएको थियो ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ७ : ०० बजे