Logo

मुख्य समाचार

राहुल गान्धीविरुद्ध अर्को मानहानीको मुद्दा दायर



काठमाडौं । भारतीय काङ्ग्रेस पार्टीका नेता राहुल गान्धीविरुद्ध झारखण्ड उच्च अदालतमा पनि मानहानी मुद्दा परेको छ । उक्त अदालतले मुद्दाको फैसला केही समयपछि गर्ने जनाइएको छ ।

काङ्ग्रेस नेता राहुल गान्धीले सन् २०१८ मा चाइबासमा भएको पार्टीको भेलामा भारतीय जनता पार्टीका नेता अमित शाहविरुद्ध आपत्तिजनक टिप्पणी गरेपछि भाजपाका एक जना स्थानीय नेताले मुद्दा दायर गरेका थिए ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ७ : १५ बजे