Logo

मुख्य समाचार

अयोग्य लडाकुलाई पैसा बाँड्न सर्वोच्चको रोक



काठमाडौं । सर्वोच्च अदालतले बहिर्गमित लडाकुलाई २–२ लाख बाँड्ने सरकारको निर्णयमा रोक लगाएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले लडाकुलाई रकम बाँड्ने निर्णय कार्यान्वयन नगर्न अप्लकालिन अन्तरिम आदेश जारी गरेको हो ।

इजलासले कारण देखाऊ आदेश जारी गर्दै जेठ ८ गते अन्तरिम आदेशका सम्बन्धमा सुनुवाइ गर्नका लागि रिट निवेदक र सरकारी पक्षलाई सुनुवाइमा बोलाएको छ ।

अयोग्य लडाकुलाई पैसा बाँड्ने सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्दै अधिबक्ता ज्ञानेन्द्रराज आरणले रिट दायर गरेका थिए ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ८ : ३३ बजे