Logo

मुख्य समाचार

बालयौन दुर्व्यवहारको आरोप लागेका राईलाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौं । बालयौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका कृषिविज्ञ मदन राईलाई थप अनुसन्धानका लागि सात दिन हिरासतम राख्न प्रहरीलाई जिल्ला अदालत खोटाङले अनुमति दिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित शुभम् फाउन्डेसनमा आवासीयरुपमा बसेर पढ्ने बालिका र किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा गत शुक्रबार फाउण्डेशनबाटै प्रक्राउ परेका राईमाथि अदालतले आइतबार सात दिनको म्याद थप गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

पक्राउपछि प्रहरी हिरासतमा रहेका राईमाथि एक जना पीडितले बालयौन दुर्व्यवहारसम्बन्धी कसुरअन्तर्गत दिएको उजुरीसमेत दर्ता गरेर कारबाहीको प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ८ : २८ बजे