काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।
प्रहरीले उनलाई काठमाडौको बुढानिलकण्ठ पासिकोटबाट पक्राउ गरेको जनाइएको छ । पक्राउ पुर्जी जारी भएपछि ११ दिनदेखि फरार रहेका रायमाझी भागेर भारत पुगेको आशंका गरिएको थियो । तर उनलाई काठमाडौंबाटै पक्राउ गरिएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न गिरोहसँग मिलेर रकम असुली गरेको आरोपमा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । त्यसबेला अर्घाखाँचीमा सभामुख देवराज घिमिरेसँगै कार्यक्रममा सहभागी भएका रायमाझी प्रहरीको आँखा छलेर भाग्न सफल भएका थिए ।
प्रहरी उच्च अधिकारीलाई आफै उपस्थित हुने बचन दिएर भैरहवा विमानस्थलतर्फ गएका रायमाझी त्यसपछि फरार रहेका थिए ।
प्रतिक्रिया