काठमाडौं । नेकपा एमालेले वर्षैभरि केन्द्रीय सदस्यहरूलाई मिसन ग्रासरूटकै भूगोलमा खटाउने निर्णय गरेको छ ।
यसअघि फागुनको पहिलो हप्तादेखि वैशाखसम्म मिसन ग्रासरूट अभियान चलाएको एमालेले अब वषैंभरी मातहतका कमिटीको अधिवेशन गराउँदै एमालेलाई क्रियाशील बनाउन अहिले खटिएकै भूगोलमा पठाउने निर्णय गरेको हो ।
त्यस्तै पार्टीमा युवा पुस्ताको आकर्षण बढाउन, बाबुआमा एमालेमा प्रतिबद्ध हुने, छोराछोरीले कम्युनिष्ट पार्टी के हो नबुझ्ने अवस्था नहोस् भनेर छोराछोरी अभियान चलाउने निर्णय समेत एमालेले गरेको छ ।
यो अभियानअन्तर्गत पार्टीका नेता, कार्यकर्ता र सदस्यका छोराछोरीलाई पार्टीमा जोड्ने, त्यसका लागि राजनीतिक, वैचारिक प्रशिक्षण चलाइने एमालेले जनाएको छ ।
त्यस्तै आगामी मंसिर महिनामा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान समेत चलाउने निर्णय एमालेले गरेको छ । एमालेले २०८० साललाई अधिवेशनको वर्ष बनाउने पनि निर्णय गरेको छ ।
प्रतिक्रिया