Logo

Breaking News 1

एकवर्षसम्म सबै केन्द्रीय सदस्यलाइ गाउँ पठाउने एमालेको तयारी


२९ बैशाख २०८०, शुक्रबार  

0
Shares

काठमाडौं । नेकपा एमालेले सबै केन्द्रीय सदस्यलाई एक वर्षसम्म स्थानीय तहमा खटाउने तयारी शुरु गरेको छ । एमालेले ३ सय ४१ केन्द्रीय सदस्यलाई भूगोलको जिम्मेवारी दिएर खटाउने तयारी गरेको हो ।

जारी केन्द्रीय कमिटिको बैठकले केन्द्रीय सदस्यहरुलाई ७ सय ५३ वटै पालिकाको जिम्मेवारी दिएर पार्टीको काममा खटाउने तयारी गरेको बताइएको छ ।

बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि ९ वटा समूह बनाएर छलफल भएको थियो । समूहका टोली नेताले प्रस्तुत गरेका विषयमाथि शनिबार बिहान बस्ने स्थायी कमिटि बैठकले छलफल गरी पूर्णता दिने र दिउँसो बस्ने केन्द्रीय कमिटीको बैठकबाट अनुमोदन गराउने तयारी छ ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  १० : ४० बजे