Logo

विश्व

इमरान खान रिहा, १४ दिनपछि फेरी पक्राउ पर्नसक्ने


२९ बैशाख २०८०, शुक्रबार  

0
Shares

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई धरौटीमा रिहा गर्न इस्लामावाद उच्च अदालतले आदेश दिएपछि उनी रिहा भएका छन् ।

शुक्रबार इस्लामावाद उच्च अदालतका दुई न्यायाधीशको संयुक्त इजलासले खानलाई १४ दिनसम्म फेरि पक्राउ नगर्न आदेश दिएको हो ।

यसअघि बिहीबार पाकिस्तानको सर्वोच्च अदालतले खानलाई पक्रिनु गैरकानुनी भएको उल्लेख गर्दै उनको मुद्दामा उच्च अदालतमा सुनुवाइ गर्न आदेश दिएको थियो ।

इस्लामावाद उच्च अदालत जान लागेका खानलाई गत मंगलबार पक्राउ गरिएको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ९ : २८ बजे