काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारविरुद्धको अभियानमा आवाज उठाउन आह्वान गरेका छन् ।
शनिबार काठमाडौंसहित देशका विभिन्न स्थानमा एउटै समयमा शुरु हुने दबाबमुलक कार्यक्रममा सहभागी हुन महामन्त्री थापाले आह्वान गरेका छन् । शनिबार काठमाडौंको माइतीघरमा बिहान ११ बजे र नक्सालमा दिउँसो साढे १२ बजे जनदबाबका कार्यक्रमहरु तय भएको जानकारी दिदै महामन्त्री थापाले सहभागी हुन सबैलाई आह्वान गरेका हुन् ।
थापाले भनेका छन्,‘भ्रष्टाचारबिरुद्धको अभियानमा जो जहाँ छौं, त्यहीबाट आवाज उठाऔं, खबरदारी गरौं, दबाब दिऔं । नागरिकस्तरबाट हुने जनदबाबमूलक अभियानले भ्रष्टाचार नियन्त्रणका लागि सरकारबाट भएका प्रयासलाई थप मद्दत पुग्नेछ, सदन र पार्टीहरूभित्र उठिरहेका आवाजलाई ठूलो बल पुग्नेछ। भोलिको कार्यक्रमहरु प्रति ऐक्यबद्धता ।’
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समेत काठमाडौंमा शनिबार हुने कार्यक्रममा सहभागी हुन आह्वान गरेका थिए । उनले पार्टीको झण्डा नबोकी सर्वसाधारण नागरिकका रुपमा कार्यक्रममा सहभागी हुन आह्वान गरेका थिए ।
प्रतिक्रिया