काठमाडौं । प्रहरीले संघीय संसद सचिवालयको सीसीटीभी फुटेज लगेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा फारर रहेका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीको खोजीमा सहयोगी बन्नसक्ने फुटेज प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले संसद् सचिवालयबाट लगेको हो ।
रायमाझीको बिरामी बिदाको आवेदन बोकेर आउने व्यक्तिको पहिचान गर्नका लागि प्रहरीले संसद सचिवालयको सीसीटीभी फुटेज लगेको हो ।
ुमंगलबार बिहान १० बजेदेखि ५ बजेसम्म संसद् सचिवालयका चार वटा सीसीटीभी क्यामेराको फुटेज लगिएको संसद सचिवालयले जनाएको छ ।
मंगलबार रायमाझीले आफू बिरामी रहेको भन्दै संसद् सचिवालयमा चिठ्ठी पठाएका थिए । एमालेका रायमाझी अझै फरार छन् ।
प्रतिक्रिया