काठमाडौं । शुभद्रा मदन फाउन्डेसनमा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको आरोप लागेका कृषिविज्ञ मदन राईलाई प्रहरीले पक्राउ गरेको छ।
उनलाई खोटाङस्थित फाउन्डेसनको कार्यालयबाटै प्रहरीले शुक्रबार पक्राउ गरेको हो । फाउन्डेसनका संस्थापक समेत रहेका ७५ वर्षीय राईविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको प्रहरीले जनाएको छ ।
फाउण्डेशनमा पढ्ने किशोरीहरुका संवेदनशील अंग छुने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको आरोप राईमाथि लागेको छ ।
प्रतिक्रिया