Logo

Breaking News 1

प्रधानमन्त्री भेट्न वालुवाटार पुगे रवि


२९ बैशाख २०८०, शुक्रबार  

0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बिहान सभापति लामिछाने प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलेको विषयमा धन्यवाद दिँदै भ्रष्टाचारका विषयमा छानबिन गर्न खुट्टा नकमाउन रविले आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

लामिछानेले धन्यवाद दिएपछि प्रधानमन्त्रीले सरकारको काममा सहयोग गर्न आग्रह गरेको बताइएको छ । सरकारले भ्रष्टाचारको छानबिन गर्ने एजेण्डा न्यूनतम साझा कार्यक्रमबाट हटाएकोमा असन्तुष्टि पोख्दै रास्वपाले समर्थन फिर्ता लिएको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  १२ : ०४ बजे