Logo

मुख्य समाचार

सरकारको पक्षमा काठमाडौंमा प्रदर्शन हुँदै


२९ बैशाख २०८०, शुक्रबार  

0
Shares

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानविनलाई सहयोग गर्न भन्दै आज नेकपा माओवादी केन्द्रका भातृ संगठनहरुले प्रदर्शन गर्ने भएका छन् ।

बेलुका साढे ४ बजे काठमाडौंको माइतीघरमा हुने प्रदर्शनमा सबै जनसंगठनको सहभागिता रहने केन्द्रीय सदस्य रामप्रसाद सापकोटाले जानकारी दिएका छन् । उनका अनुसार सरकारले गरिरहेका काममा हौसला प्रदान गर्न सरकारको पक्षमा प्रदर्शन हुन थालेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलेले भुटानी शरणार्थी प्रकरणमा राजनीतिक गन्ध रहेको आशंका गरिरहेका बेला सरकारकै पक्षमा प्रदर्शन हुन थालेको हो ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ८ : २९ बजे