Logo

मुख्य समाचार

गुल्मीको रेसुङ्गा विमानस्थलमा व्यवसायिक उडान शुरु


२९ बैशाख २०८०, शुक्रबार  

0
Shares

काठमाडौं । गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले व्यवसायिक उडान सुरु गरेको छ । शुक्रबारबाट नेपाल एयरलाइन्सले व्यवसायिक उडान गरेको हो ।

काठमाडौंबाट रेसुङ्गा विमानस्थलका लागि बिहान ६ बजेर ३० मिनेटमा उडेको जहाज बिहान ७ बजेर ४५ मिनेटमा काठमाडौं फर्किएको छ ।

रेसुङ्गा विमानस्थलबाट काठमाडौंसम्मको हवाईजहाजको भाडा प्रतिव्यक्ति ६ हजार ३ सय रुपैयाँ तोकिएको छ । यसैगरी काठमाडौंबाट रेसुङ्गा विमानस्थलसम्म ६ हजार ५ सय रुपैयाँ भाडा तोकिएको छ । काठमाडौंबाट रेसुङ्गा विमानस्थलसम्मको दुरी ५० मिनेटको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ९ : ०० बजे