Logo

मुख्य समाचार

सरुवा भएका कार्यालयमा नजाने कर्मचारीलाई कारबाही गर्ने तयारी


२९ बैशाख २०८०, शुक्रबार  

0
Shares

काठमाडौं । सरकारले सरुवा गरेका कार्यालयमा हाजिर गर्न नजाने, रमाना नबुझ्ने, अटेर गर्दै साविककै कार्यालयमा वर्षौंदेखि बस्नेमाथि कार्बाही गर्ने भएको छ ।

प्रवृत्ति रोक्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार सबै मन्त्रालय, कार्यालय, आयोग, प्रदेश कार्यालय, विभाग, तथा स्थानीय तहलाई परिपत्र गरेको छ ।

मन्त्रालयले सरुवा भएको कार्यालयमा सात दिनभित्र हाजिर नहुने कर्मचारीलाई विभागीय कारबाही गर्ने चेतावनी दिएको छ । सरुवा गरिएको ठाउँमा कर्मचारीलाई नपठाउने तथा रमाना नदिने कार्यालय प्रमुखलाई समेत विभागीय कारबाही हुने चेतावनी दिइएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ६ : ५३ बजे