काठमाडौं । निर्वाचन आयोगले आर्थिक वर्ष अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्न राजनीतिक दलहरूलाई निर्देशन दिएको छ ।
आयोगले समयसीमा भित्रै लेखापरीक्षण प्रतिवेदन पेस गर्ने ८२ राजनीतिक दललाई आयोगमा पेस गरेको लेखापरीक्षण प्रतिवेदन सात दिनभित्र कार्यालय वा वेबसाइट, आमसञ्चार माध्यम वा सामाजिक सञ्जालबाट सार्वजनिक गर्न भनेको हो ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा ९१० बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र कानून बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखापरीक्षण गराई एक महिनाभित्र आयोगमा सो लेखा परीक्षण प्रतिवेदन पेस गर्नुपर्ने कानूनी व्यवस्था छ ।
प्रतिक्रिया