Logo

मुख्य समाचार

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा वर्षा हुने


२९ बैशाख २०८०, शुक्रबार  

0
Shares

काठमाडौं । अहिले मुलुकभर स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो कोशी र मधेशका साथै बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ८ : २२ बजे