Logo

Breaking News 1

नयाँ स्टक एक्स्चेञ्जको लाइसेन्स वितरण तत्कालका लागि रोक्ने सरकारको निर्णय


२९ बैशाख २०८०, शुक्रबार  

0
Shares

काठमाडौं । सरकारले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया रोकेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको ठाडो निर्देशनमा लाइसेन्स वितरण प्रक्रिया रोकिएको बताइएको छ । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि गरेको आह्वानमा तीन वटा समूहको आवेदन परेको छ ।

इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्टको हिमालयन स्टक एक्सचेन्ज, दीपक तिमिल्सिनासहित गैरआवासीय नेपाली संघको नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण मिडिया समूहको अन्नपूर्ण स्टक एक्सचेन्जले आवेदन दिएका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ८ : १४ बजे