Logo

Breaking News 1

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही हुनुपर्ने एमाले अध्यक्ष ओलीको भनाई



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो सुकै भएपनि कारबाही हुनुपर्ने बताएका छन् ।

पार्टीको केन्द्रीय कमिटि बैठक उद्घाटनमा अध्यक्ष ओलीले भ्रष्टाचारमा जोडिएको जो कोही भएपनि कानूनी कारबाही हुनुपर्ने बताएका हुन् । उनले भने,‘अहिले नक्कली भुटानी शरणार्थीमा भएको भ्रष्टचार सतहमा आएको छ । यसमा कतिपय हाम्रै पार्टीका जिम्मेवार नेता जोडिएका छन् । यस्ता भ्रष्टचारमा जो सुकै जोडिएर आउन् । उनीहरु विरुद्ध कडा कारबाही हुनुपर्छ ।’

कसैलाई फसाउने नियतले घटनामा जबरजस्ति तान्ने कोशिश भए त्यसको एमालले प्रतिरोध गर्ने अध्यक्ष ओलीले चेतावनी समेत दिए ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहिबार  २ : ०० बजे