काठमाडौं । दोस्रो जनआन्दोलनका ‘जिउँदा शहीद’ मुकेश कायस्थको निधन भएको छ ।
बनेपाको शीर मेमोरियल अस्पतालमा उपचारका लागि भर्ना गरिएका उनको बुधबार साँझ निधन भएको हो ।
२०६२ साल चैत २७ गतेको आन्दोलनका क्रममा कायस्थलाई बनेपामा प्रहरीले चलाएको गोली लागेको थियो । प्रहरीको गोली लागेर अचेत भएका कायस्थलाई पक्षघात भएको थियो । उनी हिँडडुल समेत गर्न सक्दैन थिए ।
गोली लागेपछि होस गुमाएका उनी १७ वर्षसम्म अर्धचेत अवस्थामै बाँचेका थिए । उनको उपचार तथा मासिक खर्च सरकारले ब्यहोर्दै आएको थियो ।
प्रतिक्रिया