काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भुटानी शरणार्थी प्रकरणमा प्रहरीले शुरु गरेको अनुसन्धानमा डिस्टर्ब गर्न नहुनेमा प्रमुख तीन दलबिच सहमती भएको बताएका छन् ।
सिंहदरबारमा बुधबार भएको तीन दलको बैठकपछि पत्रकारहरुसँग प्रतिक्रिया दिँदै उनले भने, ‘हामीले स्पष्ट भाषामा भनेका छौं । दोषी नछुटून् र निर्दोष नपरून्। प्रहरीले आफ्नो काम गरिरहेको छ । जे भइरहेको छ नियम र विधि पद्धतिअनुसार काम भइरहेको छ । प्रहरीको अनुसन्धानमा कुनै डिस्टर्ब गर्नुहुन्न भन्नेमा हाम्रो सहमति भएको छ ।’
प्रतिक्रिया