- काठमाडौं । कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ ।
बिहान पक्राउ परेका उनको स्वास्थ्य परीक्षण गरेर म्याद थपका लागि अदालत लगिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई अनुसन्धानका लागि प्रहरीले बुधबार मैजुबहालस्थित निवासबाट पक्राउ गरेको हो ।
प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेसहितको वयानका आधारमा पूर्वगृहमन्त्री खाँण पक्राउ परेका हुन् ।
प्रतिक्रिया