काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिनबारे संसदलाई जानकारी गराउन रुलिङको माग गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने नाममा भएको ठगीको अनुसन्धानबारे सदनलाई जानकारी गराउन भन्दै सभामुखको रुलिङ माग गरेका हुन्।
संसद अवरोध गर्ने पक्षमा आफु नरहेको भन्दै उनले भने,‘म संसद् अवरोध गर्ने पक्षमा छैन। संसद् सुचारु गरौँ। संसद् चलाउने कुरामा राप्रपा सहयोग गर्छ । राप्रपाको माग भनेको अहिलेसम्म यो प्रकरणमा के–के भइरहेको छ त्यसको जानकारी सदनलाई गराउन रुलिङ होस् भन्ने मााग गर्दछु।’
प्रहरीले आजैमात्रै पूर्वगृहमन्त्री वालकृष्ण खाँण र उनका नीजि सचिव नरेन्द्र केसीलाई पक्राउ गरेको छ । संसदको आजको पहिलो बैठकमा राप्रपाले बोल्ने समय नदिएको भन्दै अवरोध गरेको थियो ।
प्रतिक्रिया