Logo

Breaking News 1

कांग्रेसभित्र के चाहन्छन् गगन विश्व ?



काठमाडौं । यसैसाता कांग्रेस महामन्त्री गगन थापाले अब अति भएको भन्दै सहन नसक्ने टिप्पणी गरेपछि कांग्रेसभित्र मात्रै होइन, राजनीति नै तरंगित बन्यो ।

कतिपयले थापाले कांग्रेस नै विभाजन गर्नेगरी अघि बढ्नखोजेको आशंका समेत गरेका थिए । मन्त्री नियुक्त गर्दा महामन्त्रीलाई बाइपास गरिएको, भातृ तथा शुभेच्छुक संस्थालाई पुर्णता दिने विषयमा समेत महामन्त्रीहरुलाई वास्ता नगरेको गुनासो कांग्रेस भित्र अहिले पनि सुनिन्छ ।

थापाले सार्वजनिक रुपमा असन्तुष्टि पोखेको भएपनि अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने पार्टी बैठकमै राजीनामाको धम्की दिएका थिए । गतसाता बसेको कांग्रेस पदाधिकारी बैठकमा महामन्त्री थापाले एकलौटी रुपमा सभापति शेरबहादुर देउवाले पार्टी चलाउने हो भने आफुले राजीनामा दिने चेतावनी दिएका थिए ।

यसरी निर्वाचित दुई महामन्त्रीहरुले पार्टीभित्र दबाब बढाउँदा त्यसको असर भने आगामी केन्द्रीय समिति बैठकमा पर्ने देखिएको छ । कांग्रेसले यसै महिनाको अन्तिमतिर केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको भएपनि अहिलेसम्म बोलाइसकेको छैन ।

तर केन्द्रीय समिति बैठकमा महामन्त्रीहरुको असन्तुष्टिका बारेमा छलफल हुने मात्रै होइन, अबस्था हेरेर महामन्त्रीहरुले बैठक नै बहिस्कार गर्नेसम्मको परिस्थीति बन्नुसक्ने थापा निकटका नेताहरु बताउँछन् । यता महामन्त्रीहरुले असन्तुष्टिले पार्टी विभाजनको तहमा पुग्ने आशंका कतिपयले व्यक्त गरेको भएपनि त्यस्तो अबस्था नआउने नेताहरु बताउँछन् । तर सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा निर्णय गरिहे भने समानान्तर भेलासम्मका गतिबिधि भने हुने देखिएको छ ।

दुई महामन्त्रीहरुले पार्टीभित्रै संघर्ष गरेर आगामी महाधिवेशनका लागि तयारी गर्ने क्रममै पछिल्ला अभिव्यक्ती आएको समेत देखिएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ९ : २६ बजे