Logo

धर्म / संस्कृति

आज २०८० साल बैशाख २७ गते बुधबारको राशिफल ।



मेष
पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । महिला वर्गबाट सहयोग मिल्नेछ ।

बृष
मन खिन्न हुने स्थिति आउनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यप्रति सजग रहनु होला ।

मिथुन
आज श्रमको उचित मूल्याङ्कन हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । शुभ समाचार सुन्न पाइएला ।

कर्कट
आज प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने अवसर मिल्नेछ ।

सिंह
आज माया प्रेममा सामीप्यता बढ्दै जानेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ ।

कन्या
प्रेममा बाधाका साथै मन कमजोर रहला । घर परिवारमा झैझमेलाको अवस्था आउनसक्छ ।

तुला
आज राज्यबाट मान सम्मान पाइनेछ । घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।

बृश्चिक
आज कुनै कुराले मन प्रसन्न रहनेछ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्ला ।

धनु
आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । पारिवारिक र दाम्पत्य जीवन सुखमय हुनेछ ।

मकर
गरेको काममा ढिलासुस्ती हुनेछ । तनाव बढेको महसुस हुनसक्छ, विचार गरेर निर्णय लिनु उचित होला ।

कुम्भ
अरुलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनसक्छ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ ।

मीन
शुभारम्भको चर्चा चल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ८ : १७ बजे