Logo

गण्डकी प्रदेश

गण्डकी प्रदेश सरकारको भागबण्डा मिल्यो



काठमाडौं । सत्तारुढ गठबन्धनले गण्डकी प्रदेश सरकारको मन्त्रालय भागबण्डामा सहमति जुटाएको छ ।

सहमतिअनुसार नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित चार, नेकपा माओवादी केन्द्रले दुई र नेकपा एकीकृत समाजवादीले एक मन्त्रालाय पाउनेछन् ।

मन्त्रालयगत बाँडफाँट भने अझै टुङ्गिन बाँकी छ । प्रदेशसभामा सत्तारुढ दलतर्फ सबैभन्दा बढी कांग्रेसका २७ र माओवादी केन्द्रका सात प्रदेशसभा सदस्य छन् ।

हाल मन्त्रिपरिषद्मा मुख्यमन्त्री सुरेन्द्र पाण्डेसहित बिनाविभागीय मन्त्रीका रुपमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य सुशीला सिम्खडा र कांग्रेसका सरस्वती अर्याल तिवारी छन् ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ७ : ४० बजे