Logo

मुख्य समाचार

नक्कली भुटानी शरणार्थी प्रकरण, थप दुईजना पक्राउ



काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा जोडिएका थप दुई आरोपित काठमाडौंबाट पक्राउ परेका छन् ।

प्रकरणमा संलग्न रहेको आरोपमा गोविन्द चौधरी र रामशरण केसीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । चौधरी सुनसरी र केसी काठमाडौंका हुन् । यसअघि प्रहरीले केशव दुलाल‚ सानु भण्डारी‚ सन्देश शर्मा‚ सागर थुलुङ राई‚ सन्दीप रायमाझी‚ टंक गुरुङ‚ सरकारका सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परिसकेका छन् ।

तर एमाले सचिव टोपबहादुर रायमाझी र तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईका छोरा नीरज राई भने फरार छन् । मंगलबार मात्रै प्रहरीले सातदोबाटोस्थित पूर्वउपप्रधानमन्त्री रायमाझीको घरमा छापा मारेको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ८ : ४३ बजे