काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई पक्राउ गर्न प्रहरीले ७७ वटै जिल्लामा परिपत्र गरेको छ ।
रायमाझीलाई पक्राउ गर्न लागि गत बुधबार जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको थियो । सभामुख देवराज घिमिरेसँगै अर्घाखाँचीमा एक कार्यक्रममा विशेष अतिथि बनेका थिए भने त्यसपछि राजमाझी फरार रहेका छन् ।
प्रहरीले रायमाझी नेपालमा नरहेको आशंका गरेको छ ।
प्रतिक्रिया