काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीकी विन्दबासिनी कंशाकारलाई प्रतिनिधिसभा सदस्यको प्रमाणपत्र दिएपनि सपथ भने अन्यौलमा परेको छ ।
रास्वपाले कारबाही गरेका ढाकाकुमार श्रेष्ठको सांसद पद गुमेपछि समानुपातिक निर्वाचन प्रणालीको उम्मेदवारको सूचीमा रहेकी कंसाकारलाई आयोगले प्रतिनिधिसभा सदस्यको प्रमाणपत्र दिएको थियो ।
तर, ढाकाकुमारलाई सांसदबाट हटाउने रास्वपाको निर्णय तत्काल कार्यान्वयन नगर्न सोमबार सर्वोच्च अदाललतले अल्पकालीन आदेश दिएपछि कंसाकारको शपथ रोकिएको हो ।
न्यायाधिश तिलकुमार श्रेष्ठको इजलाशले श्रेष्ठको रिटमा अल्पकालिन अन्तरिम आदेश जारी गर्दै जेठ ५ गने दुबै पक्षलाई छलफलका लागि बोलाउने आदेश जारी गरेको हो ।
प्रतिक्रिया