Logo

बागमती प्रदेश

कांग्रेस नेता कृष्णभक्त श्रेष्ठ र छोरामाथि कुटपिट



भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ का नेपाली कांग्रेसका वडा सभापति कृष्णभक्त श्रेष्ठ र उनका छोराहरुमाथि कुटपिट भएको छ । सभापति श्रेष्ठ र उनका छोरामाथि भएको कुटपिटको नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ भक्तपुरले विरोध एवं भर्त्सना गरेको छ ।

पार्टी क्षेत्र नं २ का सभापति भेषबहादुर थापाले सोमबार विज्ञप्ति जारी गरेर २२ वैशाखको विहान ९ बजे उनीहरुमाथि कुटपिट भएको भन्दै भर्त्सना गरेका छन् । घरमै रहेको अवस्थामा श्रेष्ठ परिवारलाई दर्जनौँ अपरिचित व्यक्तिहरुले कुटपिट गरेको विज्ञप्तिमा जनाइएको छ ।

स्थानीय राजन पौडेल र उनकी श्रीमती करुणालगायतले कुटपिट गरेको विज्ञप्तिमा उल्लेख छ । घटना सम्बन्धमा महानगरीय प्रहरी प्रभाग मध्यपुर थिमिमा निवेदन दिँदा निवेदनसमेत नलिएको भन्दै विरोध गरिएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ३ : ०१ बजे