Logo

Breaking News 1

यस्तो छ विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता



काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता संघीय संसदमा पेस गरेको छ । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आइतबार प्रतिनिधि सभामा बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलका लागि विधेयक पेस गरेका हुन् ।

आगामी आर्थिक वर्षको बजेटले दिगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल गर्ने, रोजगारीका अवसर बढाउने, सुशासन प्रवर्द्धन गर्ने, सेवा प्रवाहमा सुधार र स्रोत साधनको परिचालनमा प्रभावकारिता कायम गर्नेतर्फ परिलक्षित हुने गरी सरकारले बजेटको सिद्धान्त र प्राथमिकता लिने महतले सभामा जानकारी गराए ।

सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा सुधारसँगै कृषि उत्पादन र प्रवर्द्धन, रोजगारी, शिक्षा, स्वास्थ्य गरिबी निवारण लगायतका मुद्दा बजेटको प्राथमिकतामा पर्ने बताए ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ९ : ०४ बजे