Logo

अर्थ

प्रि–ओपन सेसनमा सेयर बजार सामान्य बढ्याे



काठमाडौं । प्रि–ओपन सेसनमा आइतबार सेयर बजार सामान्य बढेको छ । नेप्से परिसुचकमा ०.६७ अंकले बढेर १८७०.४० विन्दुमा आएको छ । यससँगै ४ कम्पनीको ५२५ कित्ता सेयर खरिदबिक्री हुँदा ७४ हजार ६३३ रुपैयाँको कारोबार भएको छ ।

यो सेसनमा कुल १ कम्पनीमा उकालो लागेको छ । यता, १३ उपसुचकहरु मध्ये एक कम्पनीमा वृद्धि भएको र एक कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ११ : १९ बजे