गोरखा । लार्केपास गर्ने क्रममा विदेशी पर्यटकसँग गएका भरियाको ज्यान गएको छ । मनास्लु पदमार्ग हुँदै लार्केपास गरी मनाङतर्फ निस्कने क्रममा अत्याधिक हिमपातका कारण बिरामी परेका भरिया प्रकास दवाडीको ज्यान गएको हो ।
नीलकण्ठ नगरपालिका–११ धादिङका २० वर्षीय दवाडी यही वैशाख १८ गते ज्यान गएको प्रहरीले जनाएको छ । बहराल एडभेन्चर प्रालिबाट पोर्टरका रूपमा लार्के पास गर्न गएका दवाडीको शनिबार मृत्यु भएको डीएसपी लिलाराज लामिछानेले बताए ।
५००६ मिटर उचाइ रहेको सो ठाउँमा बिरामी परेका उनी भारी हिमपात भएपछि स्वास्थ्य अवस्था जटिल बनेको थियो। सबै यात्रुबाट एक्लिएका उनको शव शनिबार लार्के भन्ज्याङ नजिकै भेटिएको डीएसपी लामिछानेले बताए ।
प्रतिक्रिया