Logo

मुख्य समाचार

काठमाडौंको फोहर व्यवस्थापन फेरी अवरोध हुने



काठमाडौँ । काठमाडौँ महानगरसहित १८ वटा पालिकाहरूको फोहर व्यवस्थापन हुँदै आएको बञ्चरेडाँडामा फेरी अवरोध हुने भएको छ । फोहर व्यवस्थापनका लागि फोहरको संकलन, प्रशोधन र व्यवस्थित रुपमा विसर्जन गर्ने माग राख्दै फेरी अवरोध गर्ने चेतावनी स्थानीयहरुले दिएका हुन् ।

धादिङ र नुवाकोटका धुनीबेँसी र बेलकोटगढी नगरपालिका, ककनी गाउँपालिकाका प्रमुखहरूले तीन बुँदे माग राख्दै फोहर व्यवस्थापन गर्न ध्यानाकर्षण गराएका हुन् ।

फोहरको लिच्चड अव्यवस्थित रुपमा खोलामा मिसाएकाले वरिपरी दुर्घन्धित हुनुको साथै मानिस बसोबास गर्न सक्ने अवस्था नभएको भन्दै उनहरुले माग पुरा नभए फोहर व्यवस्थापन गर्न नदिने स्पष्ट पारेका हुन् ।

तीन पालिका प्रमुखहरूले वैज्ञानिक ढंगबाट फोहर व्यवस्थापन, प्रभावित नागरिकको उचित व्यवस्थापन र यसअघिका सम्झौता पूर्ण कार्यान्वयन माग राखेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ९ : ०० बजे