Logo

Breaking News 1

सरकारले विश्वासको मत लिननपर्ने सत्तागठबन्धनको निष्कर्ष



काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुनपर्ने निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकमा सरकारलाई समर्थन दिएको रास्वपाले समर्थन फिर्ता लिएपनि प्रधानमन्त्री पुष्पकमल दाहालले फेरि विश्वासको मत लिनुनपर्ने निष्कर्ष निकाले हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुनपर्ने निष्कर्ष निकालेको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हिताराज पाण्डेले बताए ।

पाण्डेका अनुसार यसअघि प्रधानमन्त्रीले विश्वासको मत लिँदा रास्वपाले विश्वासको मत दिएको तर सरकारमा सहभागी नभएकाले पुनः विश्वासको मत लिनुनपर्ने निष्कर्ष निकालेको बताए ।

गठबन्धनको बैठकमा प्रदेश सरकारलाई पूर्णता दिने विषय र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बारेमा पनि छलफल भएको बताइएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ८ : २५ बजे