Logo

Breaking News 1

कहाँ गए टोपबहादुर, प्रहरी के गर्दैछ ?


२२ बैशाख २०८०, शुक्रबार  

0
Shares

काठमाडौं । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेर आर्थिक लाभ लिएको आरोप लागेका एमाले सचिव टोपबहादुर रायमाझी अझै पक्राउ पर्न सकेका छैनन् ।

पक्राउ पुर्जी जारी भएका रायमाझी सम्पर्कविहीन भएपछि खोजी तथा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । पुर्जी जारी भएका नेकपा एमालेका सचिव तथा पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी प्रहरीको सम्पर्कमा अहिलेसम्म आएका छैनन् ।

यस्तै यसअघि पक्राउ परेका तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजित राईका छोरा निरजका बारेमा प्रहरीले कुनै जानकारी पाउन सकेको छैन ।

जिल्ला प्रहरी परिसरले उनीहरू विरुद्ध सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ । यसको अनुसन्धानका लागि प्रहरीले ६० दिन समय पाउँछ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  १० : २३ बजे