काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गैरकानुनी रुपमा आर्थिक अनियमितता गर्ने भ्रष्टाचारीलाई नछाड्ने बताएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको अनौपचारिक पदाधिकारी बैठकमा दाहालले सरकारले भ्रष्टाचार, अनियमितता र गैरकानुनी काम गर्नेलाई नछाड्ने बताएका हुन् ।
दाहालले कसैप्रति राजनीतिक प्रतिशोध नराखिएको भन्दै कानुनको नजरमा दोषी देखिए सबैलाई कारबाही हुने बताएका हुन् । दाहालले विक्रम सम्बत् २०४६ यताका राजकीय निकायमा बसेका नेता कर्मचारीको सम्पत्ति छानबिन गर्ने तयारी सरकारले गरेको समेत बताएका छन् ।
प्रतिक्रिया