Logo

मुख्य समाचार

धनगढीमा कारोना र डेंङ्गुबाट सङ्क्रमित युवकको मृत्यु


२१ बैशाख २०८०, बिहिबार  

0
Shares

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना गरिएका कोरोना भाइरस र डेंङ्गुबाट सङ्क्रमित एक युवकको उपचारका क्रममा गएराति मृत्यु भएको छ ।

अस्पतालको ‘भेन्टिलेटर’मा उपचाररत बैतडीका ३० वर्षीय युवकको गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले जानकारी दिए ।

नशासम्बन्धी रोगको उपचार गराउन अस्पतालमा भर्ना गरिएका युवकको यही वैशाख १७ गते पिसिआर पद्धतिबाट नमुना जाँच गराउँदा कोरोना पुष्टि भएको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  ६ : २५ बजे